टुक्रा-टुक्रा भएका मधेसी दलहरू एउटै पार्टी हुन निरन्तर गोप्य बैठक र छलफलमा बसेका छन् । मधेसी दलहरूको सकभर एउटै पार्टी हुन नसके मोर्चा बनाएर चुनावमा जाने विषयमा छलफल केेन्दि्रत छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीले असारको अन्तिम साता सबै मधेसी दल एकीकृत भएर एउटै पार्टी बनाउन प्रयास सुरु गर्ने निर्णय गरेको थियो । तमलोपाको निर्णयसँगै मधेसी नेताले बैठक र छलफल सुरु गरेका हुन् ।
तमलोपाले पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठीको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरेको छ । वार्ता समितिमा जितेन्द्र सोनाल र पुष्पा ठाकुर सदस्य छन् । समितिले मधेसका नाममा स्थापित दललाई एउटै मधेसी दल स्थापनाको पहलका लागि वार्ता र छलफल गर्न जिम्मेवारी पाएको छ । संयोजक त्रिपाठीले मधेसी दलका नेतासँग सामूहिक र व्यक्तिगत छलफल गर्दै आएका छन् ।
मधेसका मुद्दालाई एक भएर उठाउनका लागि एकीकृत हुने विषयमा मधेसी दलका दोस्रो तहका नेताले आगामी शनिबार कुपन्डोलको नाइटिंगेल होटलमा वार्ता गर्दै छन् । वार्तामा मधेसी दलका दोस्रो तहका नेतालाई बोलाइएको छ ।
अघिल्लो शनिबार पनि तमलोपाले मध्यबानेश्वरको समिट होटेलमा छलफल आयोजना गरेको थियो । छलफलमा तमलोपाका वृजेश गुप्ता, विमल केडिया, गोविन्द चौधरी, तमलोपा नेपालबाट दानबहादुर चौधरी, फोरम लोकतान्त्रिकबाट मृगेन्द्र कुरमा सिंह, आशा सरदार, मुमा राम महेता सहभागी थिए । त्यस्तै, फोरम गणतान्त्रिकबाट आत्माराम शाह, सद्भावना पार्टीबाट सरोज यादव, संघीय सद्भावनाबाट रामनरेश राय यादवलगायत नेता बैठकमा सहभागी भएका थिए । सो बैठकमा मधेसी दलहरू शृंखलाबद्ध रूपमा फुटिरहेकाले मधेसी जनतामा नेताप्रति नै नराम्रो सन्देश गएको भन्दै यसलाई चिर्न सबै मधेसी दल एउटै हुनुपर्ने धारणा नेताहरूले राखेका थिए ।
'सबै मधेसी दललाई एउटै पार्टी बनाउन तमलोपाका नेताले बैठक गर्नुभएको थियो । यही विषयमा प्रारम्भिक छलफल भएको हो,' फोरम लोकतान्त्रिककी नेतृ आशा सरदारले नयाँ पत्रिकासँग भनिन्, 'अबको बैठकमा पनि यसबारे थप छलफल हुनेछ ।' तर, सबै मधेसी दल एक हुने सम्भावना कम रहेको उनको भनाइ छ । 'मधेसी दलहरू एउटै हुन सम्भव त देखिएको छैन, तर प्रयास सुरु भएको छ,' उनले भनिन् ।
बैठकको सुरुमै आयोजकका तर्फबाट वृजेश गुप्ताले आगामी चुनावमा मधेसी दलहरू एक हुने गरी आफूहरूले अनौपचारिक छलफल आरम्भ गरेको जानकारी गराएका थिए । दोस्रो तहका नेताको बैठक सकारात्मक भए शीर्ष नेताहरूलाई सहभागी गराई अर्को बैठक गरिने आयोजकको भनाइ थियो ।
तमलोपाले निर्माण गरेको वार्ता समितिका संयोजक हृदयेश त्रिपाठीले भने मधेसी दलका नेताहरूसँग व्यक्तिगत रूपमा भेट्दा आफू उत्साहित भएको बताए । 'मैले व्यक्तिगत रूपमा धेरै मधेसवादी नेतालाई भेटेको छु,' उनले नयाँ पत्रिकासँग भने, 'व्यक्तिगत रूपमा कुरा गर्दा उहाँहरू निकै सकारात्मक भएको पाएको छु ।'
मधेसी दलहरू एउटै पार्टीमा आबद्ध हुनुपर्ने बाध्यात्मक परिस्थिति आएको उल्लेख गर्दै नेता त्रिपाठीले एकीकृत भएर मधेसका मुद्दा उठाउने बाटोमा मधेसी दलहरू जानैपर्ने बताए । 'यो बाटोमा मधेसवादी दलहरू नगई सुखै छैन,' उनले भने । एउटै पार्टी बनाउन भएका वार्ता र छलफल निराशाजनक नभएको पनि उनको भनाइ छ ।
तर, संघीय सद्भावना पार्टी अध्यक्ष रामनरेश राय यादवले मधेसी दल सबै एउटै पार्टीमा आबद्ध हुनेमा आफू विश्वस्त नरहेको बताए । यादवले भने, 'मधेसी दलहरूलाई एउटै बनाउन उहाँहरूले प्रयास त सुरु गर्नु भएको छ, तर सबै मधेसवादी दल एउटै हुनेमा विश्वास गर्न सकिँदैन ।'

एउटै पार्टीका लागि
अध्यक्षमण्डलको प्रस्ताव
दर्जनौँ पार्टीमा विभाजित भएका मधेसी दलहरू एउटै पार्टीमा आबद्ध बनाउन तमलोपाले सामूहिक नेतृत्वका रूपमा अध्यक्ष मण्डल राख्ने प्रस्ताव गरेको छ । सबैभन्दा समस्या अध्यक्षमा देखिने भएकाले तमलोपाले यस्तो
प्रस्ताव गरेको हो ।
तमलोपाले अध्यक्ष मण्डलमा एकभन्दा बढी अध्यक्ष रहने प्रस्ताव गरेको छ । 'एकीकृत पार्टीमा एउटै अध्यक्ष रहने व्यवस्था गर्दा अरू नेतालाई समस्या पर्ने भएकाले हामीले सामूहिक नेतृत्वका लािग अध्यक्ष मण्डल राख्ने प्रस्ताव गरेका छौँ,' तमलोपा उपाध्यक्ष त्रिपाठीले भने ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें